नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

ड्रागन मिडिया सम्वाददाता
भारतको नयाँ दिल्लीमा भएको पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ।
भेटपछि शाहले गुरुङसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन्। उनका अनुसार दुई पक्षले द्विपक्षीय सहकार्य थप प्रगाढ बनाउने र क्षेत्रीय शान्ति, प्रगति तथा समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा छलफल गरेका छन्।





