कांग्रेस महाधिवेशन: खसआर्य सहमहामन्त्रीमा आचार्य र केसीबीच प्रतिस्पर्धा

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खसआर्यतर्फ सहमहामन्त्री पदमा मनोजमणि आचार्य र जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा देखिएको छ।
बुधबारसम्म १ हजार ७०७ मत गणना हुँदा आचार्यले ६२३ र केसीले ५४५ मत पाएका छन्। उनीहरूबीच ७८ मतको अन्तर छ। सोही पदका उम्मेदवार दिनेश कोइरालाले ३३१ र शुभराम बस्नेतले ११४ मत प्राप्त गरेका छन्।
महाधिवेशनबाट सभापतिसहित पदाधिकारीको नतिजा आइसकेको छ। केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना भने जारी छ।





