२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशन: मुस्लिम, कोशी र श्रमिक क्लस्टरको मतगणना आज

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना बुधबार पनि जारी रहनेछ। निर्वाचन समितिका अनुसार मुस्लिम र कोशी प्रदेशतर्फको मतगणना बिहान ११ बजे तथा श्रमिकसहितका अन्य समूहको गणना दिउँसो १२ बजे सुरु हुनेछ।

मुस्लिमतर्फ सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ। कोशी प्रदेशतर्फ महिला, खुला तथा ३५ वर्षमुनिका युवा महिला र खुला केन्द्रीय सदस्यको मतगणना पनि बिहान ११ बजे सुरु हुने समितिले जनाएको छ।

दिउँसो १२ बजेदेखि श्रमिकतर्फ महिला र खुला केन्द्रीय सदस्यको मतगणना हुनेछ। काठमाडौं उपत्यका खुला, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वप्रभावित परिवारतर्फका केन्द्रीय सदस्यको गणना पनि सोही समयमा सुरु हुनेछ।

मतगणना ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा हुनेछ। समितिले सम्बन्धित पदका उम्मेदवारलाई उपस्थित हुन सूचित गरेको छ। केन्द्रीय सदस्यका उम्मेदवारले आफ्नो सट्टा प्रतिनिधि पठाउन नपाउने समितिले स्पष्ट पारेको छ।

सभापतिसहित पदाधिकारीको नतिजा सार्वजनिक भइसकेको छ भने केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button