बेल्जियमका राजदूतलाई रुसी विदेश मन्त्रालयमा बोलाइयो

ड्रागन मिडिया समाचार कक्ष
बेल्जियमका लागि रुसका राजदूत मिचेल गेरेब्त्सोफलाई अक्टोबर १३ मा रुसी विदेश मन्त्रालयमा बोलाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भेटमा बेल्जियमका सैन्य तथा राजनीतिक नेतृत्वबाट रुसले हाइब्रिड गतिविधि र विध्वंसका खतरा बढाएको तथा बेल्जियम र युरोपमाथि प्रत्यक्ष सैन्य जोखिम सिर्जना गरेको भन्ने अभिव्यक्तिप्रति रुसी पक्षले आपत्ति जनाएको थियो। ती आरोप निराधार रहेको रुसको भनाइ छ।
रुसी विदेश मन्त्रालयले बेल्जियमका केही अधिकारीका आक्रामक अभिव्यक्तिले रुसलाई शत्रुका रूपमा चित्रित गर्दै तनाव बढाएको दाबी गरेको छ। यस्ता अभिव्यक्तिले द्वन्द्व चर्किएर नियन्त्रणबाहिर जाने जोखिम बढाउन सक्ने भन्दै बेल्जियमलाई त्यसका परिणामबारे विचार गर्न र रुसविरोधी अभिव्यक्ति संयमित बनाउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ।





