२८ आश्विन २०८३, बुधबार

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय पक्राउ

ड्रागन मिडिया सम्वाददाता

काठमाडौंको कलङ्कीमा भएको कुटपिटमा घाइते १८ वर्षीय रोशन पाख्रिनको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीय रूपेश पाख्रिनलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ मा विवादका क्रममा कुटपिट हुँदा रोशन गम्भीर घाइते भएका थिए। उनको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मृतक र पक्राउ परेका दुवै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का बासिन्दा हुन्। घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button