२८ आश्विन २०८३, बुधबार

भाइकिङसँग बायर्न ३–३ को बराबरीमा रोकियो

ड्रागन मिडिया समाचार कक्ष

युइएफए च्याम्पियन्स लिगको लिग चरणमा नर्वेजियन क्लब भाइकिङ एफसी र जर्मनीको बायर्न म्युनिखले ३–३ गोलको बराबरी खेलेका छन्। मंगलबार स्टाभान्गरस्थित लाइसे एरिनामा भएको खेलमा बायर्नले दुई गोलले पछि परेको अवस्था उल्टाए पनि अन्तिम मिनेटमा बराबरी गोल खायो।

भाइकिङका जियानी स्टेन्सनेसले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। पिटर क्रिस्टियनसेनले ३८औँ मिनेटमा गोल थपेपछि पहिलो हाफमा घरेलु टोली २–० ले अघि रह्यो।

दोस्रो हाफमा ह्यारी केनले ५४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। उनले ६०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। लुइस डियासले ७१औँ मिनेटमा गोल गरेपछि बायर्न ३–२ ले अघि भयो।

तर ७३औँ मिनेटमा माइकल ओलिसेले दोस्रो पहेँलो कार्ड पाएपछि बायर्न १० खेलाडीमा सीमित भयो। खेलको ९०औँ मिनेटमा हर्मन हाउगेनले गोल गर्दै भाइकिङलाई बराबरी दिलाए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button