२८ आश्विन २०८३, बुधबार

भिल्लारियलको पुनरागमन जित, नापोली ३–१ ले पराजित

ड्रागन मिडिया समाचार कक्ष

युइएफए च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत मंगलबार भएको खेलमा स्पेनको भिल्लारियलले इटालीको नापोलीलाई ३–१ ले पराजित गरेको छ। नापोलीले अग्रता लिए पनि भिल्लारियलले पहिलो हाफमै खेल उल्टाउँदै जित निकालेको हो।

नापोलीका अमिर रहमानीले आठौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। भिल्लारियलका जर्ज मिकाउताद्जेले २३औँ मिनेटमा बराबरी गोल गरे। त्यसको तीन मिनेटपछि सान्टियागो मौरिनोले गोल गर्दै भिल्लारियललाई २–१ को अग्रता दिलाए।

खेलको ८६औँ मिनेटमा तानी ओलुवासेयीले गोल थपेपछि भिल्लारियलले ३–१ को जित पक्का गर्‍यो। यो जितसँगै भिल्लारियलले यस सिजनको च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button