२८ आश्विन २०८३, बुधबार

हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड घरमै पाउने सेवा सुरु

ड्रागन मिडिया सम्वाददाता

नेपाल टेलिकमका ग्राहकले हुलाक सेवामार्फत घरमै सिमकार्ड पाउने व्यवस्था सुरु भएको छ। नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि सेवा सञ्चालनमा आएको हो।

हुलाक सेवा विभागमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवाको शुभारम्भ गर्नुभयो। उहाँले हुलाकको देशव्यापी सञ्जाल उपयोग गरेर सिमकार्ड वितरणलाई प्रभावकारी बनाउन र तोकिएको समयभन्दा अगावै ग्राहकसम्म पुर्‍याउने प्रयास गर्न निर्देशन दिनुभयो।

मन्त्री तिमल्सिनाले सेवाग्राहीको सन्तुष्टि र वितरणमा लाग्ने समयका आधारमा सेवा सुधार गर्दै लैजानुपर्ने बताउनुभयो। भविष्यमा हुलाक सेवाको क्षमता विस्तार गरी सामग्री एक–दुई दिन होइन, केही घण्टाभित्रै पुर्‍याउन सक्ने व्यवस्था गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button