साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम सुनुवाइ समितिबाट अस्वीकृत

ड्रागन मिडिया सम्वाददाता
संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। महिला हिंसासम्बन्धी उजुरी र उच्च नैतिक चरित्रबारे उठेका प्रश्नलाई आधार मानेर समितिले उहाँको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।
निर्णयअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गजला शमीम मियाँ मिकरानीले छलफलपछि सुनार राजदूत पदका लागि योग्य नरहेको धारणा राख्नुभएको थियो। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उहाँको प्रस्तुति, कागजात र योग्यता राम्रो देखिए पनि पुरानो घटनाले नैतिक चरित्रबारे प्रश्न उठाएको बताउनुभएको थियो।
समिति सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अनुमोदन गर्ने प्रस्ताव राख्नुभएको थियो। तर समितिले सर्वसम्मत रूपमा प्रस्तावित नाम अस्वीकृत गरेको हो। सरकारले असोज २ गते सुनारलाई साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरेको थियो।





