२८ आश्विन २०८३, बुधबार

भारत भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ

ड्रागन मिडिया सम्वाददाता

गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई प्रहरी महानिरीक्षक कार्कीले स्वागत गरेका थिए।

बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन गुरुङ नयाँदिल्ली गएका थिए। गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

भ्रमणका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यक्रम थियो। निर्धारित कार्यसूचीअनुसार असोज २७ गते भेट हुने भनिए पनि भेटवार्ता भएको वा नभएको विवरण सार्वजनिक भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button