१४ कार्तिक २०८३, शुक्रबार

चीन र आइसल्यान्डका परराष्ट्रमन्त्रीबीच वार्ता

ड्रागन मिडिया समाचार कक्ष

चीनका परराष्ट्रमन्त्री वाङ यी र आइसल्यान्डका परराष्ट्रमन्त्री थोरगेर्दुर कात्रिन गुनार्स्दोतिरबीच बिहीबार बेइजिङमा वार्ता भएको छ।

चीन र आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५औँ वर्ष यसै वर्ष परेको उल्लेख गर्दै वाङले आइसल्यान्डले एक चीन नीतिप्रति निरन्तर देखाएको समर्थनको प्रशंसा गरे। चीन आइसल्यान्डसँग विकासका अवसर साझा गर्न तयार रहेको उनले बताए।

देशको आकार जस्तोसुकै भए पनि समानताको सिद्धान्त पालना, विकासको बाटो आफैँ रोज्ने अधिकारको सम्मान र आपसी विश्वासमा आधारित पारस्परिक लाभको सहकार्य चीन–आइसल्यान्ड सम्बन्धको सफलताका आधार रहेको वाङले बताए। दुवै पक्षले अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणाली प्रवर्द्धन गर्न समन्वय बढाउनुपर्ने उनको भनाइ थियो।

चीनले अर्थतन्त्र तथा व्यापार, भू-तापीय ऊर्जा, हरित रूपान्तरण, समुद्र र आर्कटिक मामिलालगायत क्षेत्रमा सहकार्यको सम्भावना बढाउन चाहेको वाङले बताए। पर्यटन, संयुक्त वैज्ञानिक अनुसन्धान र जनशक्ति तालिममा आदानप्रदान बढाउँदै दुवै देशका नागरिकबीच समझदारी र मित्रता प्रवर्द्धन गर्नुपर्ने उनले उल्लेख गरे।

अस्थिर अन्तर्राष्ट्रिय परिस्थितिमा बहुपक्षीयता, अन्तर्राष्ट्रिय कानुनी शासन र विश्व मामिलामा संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकाको रक्षा गर्न दुवै पक्षले समन्वय बढाउनुपर्ने वाङले बताए। उनले चीनको कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकबारे पनि आइसल्यान्डका परराष्ट्रमन्त्रीलाई जानकारी गराए।

आइसल्यान्डकी परराष्ट्रमन्त्री गुनार्स्दोतिरले चीनको विकास उपलब्धिको प्रशंसा गर्दै आफ्नो देशले द्विपक्षीय सम्बन्धलाई उच्च महत्व दिएको बताइन्। चीनसँग समन्वय र सहकार्य थप बलियो बनाउन आइसल्यान्ड तयार रहेको उनको भनाइ थियो।

उनले चीनसँगको मुक्त व्यापार सम्झौता स्तरोन्नति अघि बढाउन तथा अर्थतन्त्र र व्यापार, मत्स्यपालन, भू-तापीय ऊर्जा, हरित ऊर्जा र आर्कटिक मामिलामा सहकार्य विस्तार गर्न आइसल्यान्ड इच्छुक रहेको बताइन्।

अन्तर्राष्ट्रिय कानुनी शासन, स्वतन्त्र व्यापार र बहुपक्षीय संयन्त्रको रक्षा गर्न तथा विश्वव्यापी चुनौतीको संयुक्त सामना गर्न चीनसँग समन्वय बढाउन आइसल्यान्ड तयार रहेको उनले बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button