मानवअधिकारको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह

ड्रागन मिडिया समाचार कक्ष
मानवअधिकारको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र देशको विकास रोक्ने प्रयास बन्द गर्न चीनले अमेरिकालाई आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
सिन्च्याङमा तथाकथित “जबरजस्ती श्रम” सम्बन्धी आरोप लगाउँदै अमेरिकाले केही चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राखेको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै गुओले चीनको धारणा सार्वजनिक गरेका थिए।
अमेरिकाले सिन्च्याङबारे निरन्तर असत्य कुरा फैलाउँदै तथाकथित “जबरजस्ती श्रम” लाई चिनियाँ कम्पनीमाथि मनपरी दबाब दिने बहानाका रूपमा प्रयोग गरिरहेको गुओले बताए। चीन यसप्रति कडा असन्तुष्ट रहेको र यसको दृढ विरोध गर्ने उनको भनाइ थियो।
तथाकथित “जबरजस्ती श्रम” चीनविरोधी केही तत्वले बनाएको झूट भएको दाबी गर्दै गुओले त्यसको उद्देश्य सिन्च्याङमा अस्थिरता सिर्जना गर्नु, चीनको छवि धमिल्याउनु र देशको विकास रोक्नु रहेको बताए।
चिनियाँ कम्पनीहरूको वैध अधिकार र हितको रक्षा गर्न आवश्यक कदम चालिने पनि प्रवक्ता गुओले बताए।





