१४ कार्तिक २०८३, शुक्रबार

उत्तर प्रदेशमा फेरि सरकार बने समान नागरिक संहिता लागू गर्ने अमित शाहको घोषणा

ड्रागन मिडिया समाचार कक्ष

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतीय जनता पार्टी उत्तर प्रदेशमा तेस्रो पटक सरकारमा आए समान नागरिक संहिता लागू गर्ने घोषणा गरेका छन्।

लखनउमा शुक्रबार आयोजित भाजपा प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शाहले भारतका केही राज्यमा समान नागरिक संहिता लागू भइसकेको उल्लेख गरे। उत्तर प्रदेशमा पनि पार्टीले पुनः सरकार बनाए यो व्यवस्था लागू गर्ने उनले बताए।

सन् २०२७ मा हुने उत्तर प्रदेश विधानसभा निर्वाचनको तयारी र पार्टीको संगठनात्मक रणनीतिबारे छलफल गर्न शाह लखनउ पुगेका हुन्। बैठकमा मुख्यमन्त्री योगी आदित्यनाथ, उपमुख्यमन्त्रीद्वय केशवप्रसाद मौर्य र ब्रजेश पाठक तथा प्रदेश अध्यक्ष पंकज चौधरीलगायत वरिष्ठ नेता सहभागी थिए।

सम्बोधनका क्रममा शाहले उत्तर प्रदेशमा भाजपाको विगतको चुनावी प्रदर्शनको चर्चा गर्दै सन् २०१४ मा संगठन विस्तारपछि पार्टीले ४१ प्रतिशत मतसहित ७३ सिट जितेको दाबी गरे। सन् २०१७ को विधानसभा निर्वाचनमा नोटबन्दीका बाबजुद करिब ४० प्रतिशत मतसहित ३१२ सिट जितेको पनि उनले बताए।

समान नागरिक संहिताबारे शाहको घोषणापछि समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई पत्रकारले प्रतिक्रिया सोधेका थिए। उनले व्यङ्ग्यात्मक रूपमा भने, “मेहरबान आउँदाआउँदै निकै ढिला गर्नुभयो।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button