१६ कार्तिक २०८३, आईतवार

बाँकेको अम्बे स्टिलमा आगलागी, आठ जना घाइते

ड्रागन मिडिया सम्वाददाता

बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आइतबार बिहान आगलागी हुँदा आठ जना घाइते भएका छन्। कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत सर्टसर्किट हुँदा बिहान ५ बजेर ४० मिनेटमा आगलागी भएको जनाइएको छ। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको छ।

घाइतेमध्ये पाँच जना बाँकेका र तीन जना भारतको बहराइच जिल्लाका हुन्। बाँकेका घाइतेमा जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव छन्। उनीहरूमध्ये दुई जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

भारतको बहराइचस्थित कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद पनि घाइते भएका छन्। उनीहरू तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो। तीमध्ये दुई जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button