१६ कार्तिक २०८३, आईतवार

स्थानीय तहका उम्मेदवार छान्न रास्वपाका सात उपसमिति, महानगर र उपमहानगरका वडामा आवेदन खुला

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न सात उपसमिति गठन गरेको छ। स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो।

उम्मेदवार समूहको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई जिम्मेवारी दिइएको छ।

बैठकले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक र योग्य व्यक्तिका लागि उम्मेदवार समूहमार्फत आवेदन खुला गर्ने निर्णय गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button