१८ कार्तिक २०८३, मंगलवार

सरकारी सेवा सुधार र बजार अनुगमनमा सचिव बैठकका सात निर्णय

ड्रागन मिडिया सम्वाददाता

मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले नागरिकमैत्री सेवा प्रवाह र बजार अनुगमनलाई प्राथमिकता दिँदै सात निर्णय गरेको छ।

बैठकले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा एकल विन्दु सेवा सञ्चालन गर्न तथा सरकारी सेवा सरल र प्रभावकारी बनाउन निर्देशन दिएको छ। सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायलाई पनि भनिएको छ।

निर्णयमा प्रशासनिक झन्झट र सेवा प्राप्त गर्न लाग्ने समय घटाउने, बेरुजु फर्छ्यौट गर्ने, स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने तथा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्ने विषय समेटिएका छन्। उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सम्बन्धित निकायलाई सघन बजार अनुगमन गर्न निर्देशन दिने निर्णयसमेत भएको छ।

बैठकमा निजामती सेवा अध्यादेश र कर्मचारीमाथि भएको भनिएको दुर्व्यवहारबारे छलफल नभएको समाचारमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button