२० कार्तिक २०८३, बिहीबार

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसले काठमाडौँमा उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ। उपसभापति मधु आचार्यले पदाधिकारीहरूको कार्यविभाजन र समसामयिक राजनीतिका विभिन्न पक्ष बैठकका प्रमुख विषय हुने जानकारी दिएका छन्।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरूबीच जिम्मेवारी बाँडफाँट हुन बाँकी छ। त्यसबारे छलफल गर्न नेताहरूको बैठक बोलाइएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button