जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध बलिङ रोज्यो

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले टस जितेर लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारको पहिलो खेलमा अपराजित लुम्बिनी र जनकपुर आमनेसामने भएका छन्।
जनकपुर चार खेलबाट दुई जितसहित तालिकाको चौथो स्थानमा छ। तीन खेल खेलेको लुम्बिनी पाँच अङ्कसहित अपराजित छ।





