२१ कार्तिक २०८३, शुक्रबार

गत सालको भदौको दोश्रो किस्ता !

भरत दाहाल
देशभक्त विचारक तथा राजनीतिक विश्लेषक

इनम सापकोटाको गिरफ्तारी पूर्ण रुपमा प्रायोजित हो। उनलाई सबैतिरको संपर्कमा पठाएर सबैलाई उनको पोलमा फसाउने रणनीतिमा यो बनिबनाउ गिरफ्तारी भएको छ। आफ्नो सम्बन्ध मेटाउने र अरुलाई फसाउने योजनामा उनको मोबाईल फोन पहिले नै कुमार बेनका हातमा पुग्नुबाट यो तथ्य प्रष्ट भैसकेको छ।

इनमको गिरफ्तारिको घटना असामान्य छ। यो गत सालको भदौको रणनीतिको दोश्रो किस्ता हो। गत सालको भदौको मूख्य रणनीति दलहरुको सफाया थियो। अहिलेको मूख्य रणनीति रवि लामिछाने सहित अदालत, प्रहरी र निजामति वृत्तका उच्च पदस्थ कर्मचारीहरुको सफाया हाे, जो अगाडिको दिशाका बाधाका रुपमा हेरिएका छन्।

मैले गत बर्ष नै भनेको थिएँ कि रवि लामिछानेलाई जेल तोडेर निकाल्नुको कारण अरु कसैका लागी सत्तामा पुर्याउने खुट्किलाका रुपमा उपयोग गर्नु थियो। त्यो काम भयो। अब रवि र उनको पार्टी घाँडो बन्न पुगेका छन्। सरकार र पार्टीका बिचको द्वन्दले यो कुरा स्पष्ट रुपमा देखाउँछ। पार्टीलाई सरकारप्रति नतमस्तक कसरी बनाउने भन्ने प्रश्न छ।

पार्टी कब्जा नगर्दासम्म सरकारले निर्दिष्ट योजनामा काम गर्न सजिलो छैन भन्ने कुरा दानबहादुर प्रकरणमा स्पष्ट भैसकेको छ। यसकारण इनम गिरफ्तारिको योजनासंग जोडिएको अहिलेको एउटा मूख्य योजना पार्टीबाट रविको सफाया हो। पोहोर दलहरु जुन ठाउँमा थिए, आज रवि त्यही ठाउँमा पुगेका छन्।

आजका दिनसम्म पार्टी नियन्त्रणमा राखेका रविले दानबहादुर काण्ड लगायतका सरकारसंगका विवादमा कसरी कमद चाल्छन्, त्यो उनको विषय हो तर इनम प्रकरणले लक्षित गरेको अन्तर्वस्तु हेर्दा उनी राजनीतिक जीवनको अन्तिम चरणमा धकेलिईसकेका छन्। कि निर्णायक वारपार कि आत्म-समर्पण बाहेक उनका लागी अरु बाटाहरु छैनन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button