चार मन्त्रीको सामूहिक राजीनामासँगै मधेस सरकारबाट बाहिरियो नेकपा

ड्रागन मिडिया सम्वाददाता
मधेस प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। उनीहरूको राजीनामासँगै नेकपा प्रदेश सरकारबाट बाहिरिएको छ।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो हुनुहुन्छ।
उहाँहरूले राजीनामा दिनुको कारण समाचारमा खुलाइएको छैन।





