२४ कार्तिक २०८३, सोमबार

पश्चिमी वायुको प्रभावले हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ड्रागन मिडिया सम्वाददाता

पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

सोमबार राति हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्नेछ। राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button