पल्युल काउन्टीमा डिजिटल पहुँच विस्तार, हिमाली कृषि उपजको अनलाइन बजार र निर्यात बढ्दै

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचुआन प्रान्तस्थित गार्जे तिब्बती स्वायत्त प्रान्तको पल्युल काउन्टीले उच्च हिमाली क्षेत्रको डिजिटल पहुँच विस्तार गर्दै सञ्चार सञ्जाल स्तरोन्नति गरेको छ। पछिल्ला वर्षमा काउन्टीका गाउँ र नगरमा ४जी सेवा, प्रमुख क्षेत्रमा ५जी सेवा तथा प्रशासनिक गाउँमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरिएको छ।

स्थानीय सरकारले अनलाइन व्यापारसम्बन्धी शीप विकासलाई नियमित बनाउँदै स्थानीय बासिन्दालाई डिजिटल बजारमा जोड्ने प्रयास गरेको छ। गाउँमा खटिएका कर्मचारी, अमूर्त सांस्कृतिक सम्पदाका उत्तराधिकारी, गाउँ फर्किएका युवा तथा किसान र पशुपालकसहित सयभन्दा बढीलाई ई–कमर्ससम्बन्धी तालिम दिइएको छ। उनीहरूलाई स्थानीय उत्पादनको प्रचार, अनलाइन बिक्री र बजार व्यवस्थापनमा दक्ष बनाउने उद्देश्य रहेको छ।

हाल काउन्टीका उच्च हिमाली क्षेत्रका ६० भन्दा बढी प्रकारका विशिष्ट कृषि उपज प्रमुख अनलाइन व्यापारिक मञ्चमार्फत बिक्री भइरहेका छन्। वनमा पाइने च्याउलगायत केही गुणस्तरीय स्थानीय उत्पादन विदेशमा समेत निर्यात हुन थालेका छन्। यसले दुर्गम क्षेत्रका उत्पादनलाई स्थानीय बजारबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गरेको छ।





