७ मंसिर २०८३, आईतवार

चीनको शनचौ–२४ मानवसहितको अन्तरिक्ष उडानका लागि प्रक्षेपणस्थल तयार

ड्रागन मिडिया समाचार कक्ष

चीनको शनचौ–२४ मानवसहितको अन्तरिक्ष उडानका लागि प्रक्षेपणस्थलको तयारी पूरा भएको छ। प्रक्षेपणका लागि आवश्यक उपकरण, प्रणाली र जनशक्ति तयार रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

शनिबार प्रक्षेपणमा संलग्न सबै प्रणालीको अन्तिम संयुक्त अभ्यास सम्पन्न भएको थियो। प्रक्षेपणस्थलका अनुसार वाहक रकेट, अन्तरिक्ष यान र प्रक्षेपण प्रणाली राम्रो अवस्थामा छन्।

उडानअघि उपकरणको कार्यक्षमता जाँच, संयुक्त परीक्षण र रकेटमा प्रणोदक भर्ने काम निर्धारित तालिकाअनुसार गरिनेछ। शनचौ–२४ अन्तरिक्ष यान र त्यसको लङ मार्च–२एफ वाहक रकेटलाई नोभेम्बर १७ मा प्रक्षेपण क्षेत्रमा सारिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button