७ मंसिर २०८३, आईतवार

चीनको चङचौमा १४औँ मध्य चीन लगानी तथा व्यापार प्रदर्शनी

ड्रागन मिडिया समाचार कक्ष

चीनको मध्यवर्ती हेनान प्रान्तको चङचौ सहरमा १४औँ मध्य चीन लगानी तथा व्यापार प्रदर्शनी शुरु भएको छ। नोभेम्बर २१ देखि २३ सम्म चल्ने प्रदर्शनी ३० हजार वर्गमिटर क्षेत्रमा फैलिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

‘तीन आधार र एक केन्द्र निर्माण गरी मध्य चीनको विकासलाई गति दिने’ मूल विषयसहित आयोजित प्रदर्शनीमा भर्चुअल रियालिटी (भीआर) उपकरण, नयाँ ऊर्जा सवारीसाधनका पार्टपुर्जा र विभिन्न रोबोट राखिएका छन्।

प्रदर्शनीमा इन्जिनएआई रोबोटिक्सको टी८००, टेस्ला बट र चारखुट्टे रोबोट राखिएका छन्। आगन्तुकले प्रदर्शनीस्थलमै भीआर उपकरण प्रयोग गरेर हेर्न पाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button