नेप्से १५.३९ अंकले बढ्यो, ११ उपसमूहमा वृद्धि

ड्रागन मिडिया सम्वाददाता
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार १५.३९ अंकले बढेर २,६३८.९५ अंकमा बन्द भएको छ। दिनभरमा १ करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँ पुगेको छ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ११ को सूचक बढ्यो भने दुईको घट्यो। कम्पनीगत रूपमा १६५ कम्पनीको शेयर मूल्य बढ्दा १११ कम्पनीको घट्यो। तीन कम्पनीको मूल्य स्थिर रह्यो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८६ अंकले बढेर ४८२.३९ अंकमा पुग्यो। फ्लोट परिसूचक १.२५ अंकले बढेर १८३.८९ र सेन्सेटिभ फ्लोट परिसूचक १.५३ अंकले बढेर १६३.९५ अंकमा बन्द भए।
शेयर मूल्य बढ्ने कम्पनीमा एभरेष्ट कलर, माउन्टेन हाइड्रोपावर र सिटी होटललगायत छन्। मानुषी लघुवित्त, मेन्छियाम हाइड्रोपावर र ओममेगा श्रीलगायतको शेयर मूल्य घटेको छ।




