१४ मंसिर २०८३, आईतवार

दशौं राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च रारामा, पर्यटन प्रवर्द्धनमा जोड

ड्रागन मिडिया सम्वाददाता

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च आइतबार मुगुको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पुर्‍याइएको छ।

दैलेखको शिरस्थानस्थित अखण्ड ज्वालाबाट प्रज्वलन गरी शुरु गरिएको ओलम्पिक टर्च यात्रा जुम्लाको चन्दननाथ मन्दिर हुँदै रारा पुगेको हो।

म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा रहेको टोलीमा ओलम्पियन दीपक विष्ट, देबु थापा, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ तथा कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सहभागी छन्।

खेलकुदका माध्यमबाट राराको प्राकृतिक सौन्दर्य, पर्यटकीय सम्भावना र मुगुको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

रारा पुगेको टोलीलाई छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौड्यालसहित जिल्लाका उच्च सरकारी तथा सुरक्षा अधिकारीहरूले स्वागत गरेका थिए।

राष्ट्रिय खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णाली प्रदेशका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले ट्रफी तथा ओलम्पिक टर्च यात्रा सञ्चालन गरेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button