ट्यारिफ आँधी आउँदा चीनले आफ्नो स्थिरताबाट नियम र न्यायको रक्षा गरिरहेको छ

अमेरिकाको बढ्दो कथित “पारस्परिक ट्यारिफ” को सामना गर्न अप्रिल १२ तारिखदेखि चीनले अमेरिकाबाट उत्पादित सबै आयातमा १२५ प्रतिशतको कर लगाएको छ। त्यसका साथै डब्ल्यूटीओअन्तर्गत वस्तु व्यापार परिषदको वार्षिक बैठकमा, चीनले स्पष्ट रूपमा व्यक्त गरेको छ कि डब्ल्यूटीओको नियमअनुरूप “पारस्परिकता” को अर्थ व्यापारिक पक्षहरूले आपसी प्राथमिकता र सुविधा दिनु र अन्ततः अधिकार र दायित्वको समग्र सन्तुलन प्राप्त गर्नु हो । तथापि अमेरिकाको तथाकथित “पारस्परिकता” वास्तवमा संकीर्ण सोच, एकपक्षीयता र स्वार्थ अनि आर्थिक बेथिति हो।

जहाँसम्म अमेरिकाबाट दाबी गरिएको “असमान” ट्यारिफका कारणले व्यापारमा आफ्नो “घाटा” यो अझ बकवास हो। अमेरिकी व्यापार घाटा उसको तुलनात्मक लाभ र यसले बनाएको व्यापार ढाँचाबाट निर्धारित हुन्छ। उदाहरणका लागि, अमेरिकी डलर विश्वको मुद्रा हो। जब व्यापारिक साझेदारले प्रयासमा उत्पादन गर्दै, अमेरिकाले केवल थप डलर जारी गरेर आफ्नो व्यापारिक साझेदारको उत्पादनको फल प्राप्त गर्नसक्छ। यसो हो भने अमेरिकाले “घाटा” मात्र होइन, तर उल्टो फाइदा प्राप्त गरेको छ।

वास्तवमा, अझ व्यापक रूपबाट हेर्दा अमेरिका वर्तमान अन्तर्राष्ट्रिय व्यापारिक प्रणालीको मुख्य लाभार्थी हो। अमेरिकाले सेवामा व्यापारमा दीर्घकालीन नाफा कायम गरेको छ। अमेरिकाले वस्तुको व्यापारलाई लाभ र हानिको गणना गर्ने एक मात्र मापदण्डको रूपमा लिएर अमेरिकामा “हानिको सिद्धान्त” को प्रचार गरेको छ, यो विकृत र एकतर्फी छ।
त्यसबाहेक चीनले ‘चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धसम्बन्धी विभिन्न विषयमा चीनको अडान’ शीर्षकको श्वेतपत्र जारी गरेर आफ्ना सिद्धान्त, नीति र अडानलाई व्यवस्थित रूपमा व्याख्या गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले “चीनले अर्थपूर्ण र आधार रहेर अमेरिकी कर बदमाशीविरुद्ध लडेको” जानकारी दिएको छ।

चीनको कडा प्रतिवादप्रति अमेरिकाले चीनमाथि कर १२५ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको छ। पूर्वी अमेरिकी समयअनुसार १० तारिखमा तीन प्रमुख अमेरिकी स्टक इन्डेक्स समग्ररूपमा घट्नुका साथै अमेरिकी शेयर बजारमा ” विज्ञान तथा प्रविधिसम्बन्धी ७ ठूला कम्पनी” को स्टक मूल्य सबै तीव्र गिरावट आयो। हालै गोल्डम्यान स्याक्स ग्रुपले रिपोर्ट जारी गर्दै आगामी वर्षमा अमेरिकाको मन्दीको सम्भावना ३५ प्रतिशतबाट ४५ प्रतिशतसम्म बढाएको छ। अमेरिकाका दुईजना पूर्व अर्थमन्त्री दुवैले अमेरिकी कर नीतिलाई ‘सबैभन्दा खराब आत्म-हानि’ को रूपमा आलोचना गरेका थिए।

अमेरिकाको हिस्टेरिया गतिविधिको तुलनामा चीनले आफ्नो “स्थिरता”बाट विश्वमा निश्चितता थपेको छ।

पहिलो, चीनको अडान स्पष्ट र अविच्छिन्न छ। अमेरिकाबाट सुरु भएको ट्यारिफ युद्धको सामना गर्दै चीनले पटक-पटक दोहोर्याएको छ- वार्ता गर्ने हो भने ढोका खुला छ, लड्ने हो भने अन्त्यसम्म लड्नेछ। चीनले यही भनेर पनि यही गरेको हो।

साथै, चीनको ‘स्थिरता’ पनि आफ्नो मामिलालाई राम्रोसँग सञ्चालनमा ध्यान केन्द्रित गर्ने आत्मविश्वासबाट आएको छ।

जिम्मेवार प्रमुख देशको रूपमा चीनले आफ्नो नीतिको “स्थिरता” बाट खुला विश्व अर्थतन्त्रको निर्माणलाई पनि बढाइरहेको छ। अन्तर्राष्ट्रिय विश्लेषकको विचारमा, तीव्र परिवर्तन भएको अमेरिकाको तुलनामा चीन आर्थिक वृद्धिको भरपर्दो स्रोत हो। केही दिनअघि आर्थिक सहयोग तथा विकास संगठनले चीनको आर्थिक वृद्धिदर०.१ प्रतिशतले बढाएको थियो।
ट्यारिफ आँधी आउँदा चीनले आफ्नो स्थिरताबाट नियम र न्यायको रक्षा गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button