विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्रीद्वारा गहिरो दुःख व्यक्त

स्थानीय समयअनुसार जुन १२ तारिख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यात्रुवाहक विमान दुर्घटना भएकामा आफू अत्यन्त दुःखी भएको र खोजतलाश तथा उद्दार कार्यका लागि सम्बन्धित विभागलाई निर्देशन दिनुभएको जनाउनुभएको छ।

सोही दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पनि सोही विमान दुर्घटनाप्रति आफू अत्यन्त दुःखी भएको र ‘यो विपत्ति हृदयविदारक भएको’ बताउनुभएको छ।

जुन १२ तारिखका दिन भारतको गुजरातराज्यको अहमदाबाद विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। एयर इन्डियाले १२ तारिखमा पुष्टि गरे अनुसार, सोही दिन गुजरातको अहमदाबाद विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको यात्रुवाहक विमानमा १६९ भारतीय नागरिक, ५३ बेलायती नागरिक, १ क्यानेडियन नागरिक र ७ पोर्चुगिज नागरिक सहित २४२ जना रहेका थिए। पछिल्लो विवरणअनुसार दुर्घटनामा कम्तीमा १३३ जनाको मृत्यु भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button