इजरायलले इरानमाथि अतिक्रमण गरेकामा चीनद्वारा निन्दा

संयुक्त राष्ट्र संघका लागि स्थायी चिनियाँ प्रतिनिधि फु छोङले जुन १३ मा सुरक्षा परिषदको मध्य पूर्व स्थितिमा जरूरी खुला बैठकमा इरानको सार्वभौमसता, सुरक्षा र भौगोलिक अखण्डतालाई उल्लंघन गरेको इजरायलको क्रियाकलापको निन्दा गर्नुभएको छ। साथै फुले तुरुन्तै सबै सैनिक साहसी कार्यहरू रोकिने ताकिता पनि तुल्याउनुभएको छ।

इजरायलले जुन १३ को बिहान इरानका विभिन्न लक्ष्यप्रति युद्ध हमला गर्यो र जसले इरानका आणविक संरचनाहरूमा क्षति र ठूलो हताहत भएको छ। यसबारे चर्चा गर्दै प्रतिनिधि फुले इजरायलको क्रियाकलापबाट आउने गम्भीर परिणामहरूमा गहन रूपमा चिन्ता व्यक्त गर्नुभयो।

क्षेत्रीय अवस्था चर्कँदै गएको छ, जुन कुनै पनि पक्षको हितमा छैन। प्रतिनिधि फुले सम्बन्धित पक्षहरूले संयुक्त राष्ट्र घोषणापत्र र अन्तर्राष्ट्रिय कानुनलाई सम्मान गर्दै राजनीतिक कूटनीतिक उपायहरूमार्फत विवाद समाधान गर्ने र क्षेत्रीय शान्ति र स्थिरताको संयुक्त संरक्षण गर्ने आह्वान पनि गर्नुभयो।

साथै फुले यस घटनाक्रमको विकासले इरानको आणविक समस्याको कूटनीतिक वार्तामा नकारात्मक प्रभाव पारिरहेकोमा गंभीर नजर पुर्याउने पनि बताउनुभयो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button