सोलुखुम्बुका चार जना सगरमाथा आरोही सम्मानित

सोलुखुम्बुका तर्फबाट सगरमाथा आरोहण गर्ने चार जनालाई सम्मान गरिएको छ। यस वर्षको आरोहण सिजनमा सफलतापूर्वक आरोहण गरेका पेम्बा शेर्पा, मिलन खलिङ राई, दाजाङबु शेर्पा तथा कुन्साङ छोपेल शेर्पालाई सम्मान पत्रसहित मञ्चले बधाई ज्ञापन गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेकपा (एमाले) सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले आरोहीहरूलाई सम्मान गर्नुभएको हो।

रक्षा मन्त्री राईले सोलुखुम्बु जिल्लाको सामान्य परिवारमा जन्मेर पनि सगरमाथा आरोहणको यात्रामा निस्कने साहसिक निर्णय लिने मनहरूप्रति उच्च सम्मान रहेको बताउनुभयो। सगरमाथा आरोहण गर्न धेरै पैसा चाहिने भए पनि मध्यम परिवारबाट सहसिक निर्णय गर्दै आरोहण गर्नु गौरवको कुरा भएको उहाँको भनाइ छ। आरोही पेम्बा शेर्पा मृगौला प्रत्यारोपण गरेर हिमाल आरोहण गर्ने आराही हुनुहुन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button