चाइनाको भौगोलिक अखण्डता खल्बलिए नेपाल झन् बढी अस्थिर बन्छ

ग्रेटर नेपाल कम्युनिस्ट पार्टीले हिजो दिउँसो काठमाडौँमा बेलाबखत हुने चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता विरुद्धका गतिविधि अौँल्याउन थोरै संख्यामा भए पनि ब्यानर लिएर माइतीघर मण्डलमा उभिअौँ भन्ने निर्णय गरेपछि हतारमा नयाँ वानेश्वरमा फ्लेक्स ब्यानर बनायौँ र केही पत्रकार साथीहरूलाई खबर गरेर माइतीघर मण्डलातिर जाने तयारीमा लाग्यौँ । यसो आफैँलाई हेरेको , हामी जम्माजम्मी ६ जनामात्र रहेछौँ । एकजना साथीले भन्नुभयो , `हामीलाई त एउटै प्रहरीले काम पुर्याउँछ,सबै साथीहरूलाई बोलाएर यो कार्यक्रम भोलि गरौँ,अलिक बढी त हुन्छौँ ।´

मैले भनेँ , `ब्यानरमा आज ६ जुलाई , २०२५ भन्ने मिति लेखिएको छ , आजै गर्नुपर्छ । थोरै भयौँ भनेर किन लाज मान्नु , एक लाखको जुलुस निकाल्न सक्नेले पनि हामीले जस्तो आँटेर काम गर्दैनन् । तिनीहरूलाई डर हुन्छ , इन्डियाको, अमेरिकाको, ब्रिटेनको, इयुको, फ्रान्स , जर्मनी र जापानको । हामीलाई छैन डर कसैको । चाइना नहुने हो भने हामीलाई ऊः त्यसले एक गाँस पारिहाल्छ । चाइनाको मुख्य भूमिसँग तिब्बत नजोडिएको स्थितिमा नेपाल असहाय र निरीह बन्छ । त्यसकारण तिब्बतको स्वतन्त्रताको लागि इन्डियाको अमेरिकासँग गठजोड छ, तिब्बत टुक्र्याउनमा अमेरिकाभन्दा इन्डिया बढी इच्छुक छ , त्यसैले हामी नेपालीले तिब्बत टुक्र्याउने इन्डो अमेरिकी डिजाइनलाई कुनै हालतमा सफल हुन दिनु हुँदैन ।

नेपालको स्वतन्त्रताको अक्षुण्णतामा चीनको ठूलो भूमिका छ । १७९२ को वेत्रावती सन्धिको धारा ५ मा `नेपालमाथि कुनै विदेशीले आक्रमण गरेका खण्डमा त्यसलाई विफल पार्न चाइनाले कुनै कसर बाँकी राख्नेछैन´ भन्ने प्रतिबद्धता जनाएको कारणले ब्रिटेनले महाकालीपारिको नेपालसँगको लडाइँ १८१५ मे १२ मा रोकेर १८१५ मे १५ को सम्झौतामा हस्ताक्षर गरेको हो । त्यसकारण चाइना नेपालका पछाडि उभिनु मात्र पनि हाम्रा लागि ठूलो त्राणको विषय बन्छ ।´
अझै कुरा तन्काएर बसे माइतीघर मण्डला पुग्न ढिलो हुन्छ भनेर अनि हामी सिभिल अस्पताल अगाडिबाट सफा टेम्पो चढेर माइतीघरमा झर्यौँ । मण्डलाछेउमा सुनचाँदी व्यवसायीको विरोधको कार्यक्रम सकिएपछि मैदान खाली भयो । एकछिन त हामी किंकर्तव्यविमूढ भयौँ, त्यत्रो खाली ठाउँमा पाँच जना कहाँनिर उभिने ? तैपनि ब्यानरसहित उभिएर विरोध त गर्नु नै थियो । अनि हामीले ब्यानर खोल्यौँ । Stop anti-China activities लेखिएको
ब्यानर खोलेर हामी पाँचजना दक्षिण फर्किएर उभियौँ ।एकजना साथी फोटोग्राफर बन्नुभयो । त्यतिबेलाै एकजना प्रहरी आएर सोधे , `यो कार्यक्रम कसको नेतृत्वमा हुँदै गरेको हो , उसको नाम नम्बर चाहियो ।´ हामी कोही बोलेनौँ तर ती भाइले त्यही प्रश्न दोहोर्याए , अनि मैले आफ्नो नाम नम्बर टिपाएँ । मैले मेरो नाम भनेपछि ती प्रहरीले मलाई युट्युबमा हेरेर चिनेको मात्रै होइन , कुरा पनि असाध्यै मन परेको बताए । हामी उभिरहेका थियौँ, ६ जना पत्रकारहरूले हामीतिर क्यामेरा सोझ्याए । पत्रकारहरूको प्रश्नको जबाफ दिएपछि कार्यक्रम सम्पन्न भएको शैलीमा हामी ब्यानर बेरबार पारेर चियापसलमा छिर्यौँ ।





