‘अनफलो ट्रेण्ड’ मा बालेन

सामाजिक सञ्जालको पछिल्लो सर्वेक्षणमा लोकप्रियतावादको पर्याय मानिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको साख पछिल्लो समय क्रमशः ओरालो लागेको छ। पहिले आँखा चिम्लिएर विश्वास गरेका मतदाताहरूले समेत अहिले उनीमाथि शंका गर्न थालेका छन्।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीतलाई रिमिक्स गरेर गाएका उनी सहानुभूतिसहित ०७९ को निर्वाचनमा मेयर बनेका हुन । बालेनप्रति अहिले समर्थकहरूको संख्या घटेको देखिन्छ। विशेष गरी नेपथ्यमा बसेर जेन जी प्रदर्शन हाइज्याक गरेको र वाह्य दबाबअनुसार संसद विघटन गराएको आरोपपछि उनको आलोचना गर्नेहरु बढेका हुन् ।

कतिसम्म भने, फेसबुक र टिकटकमा उनलाई ‘लुसिफर’को संज्ञा दिएर बहिष्कारको अभियान समेत थालिएको छ । डेढ हप्ताअघि लेखक तथा राजनीतिक विश्लेषक सौरभले टेलिभिजन अन्तर्वार्तामा बालेनको कार्यशैली, पोशाक र रुचीलाई आधार मानेर उनलाई ‘लुसिफर’को उपमा दिएका थिए । उनले भने, ‘सधैं आफ्नो भोटरसँग आँखा जुधाउँदैन, कालो चश्मा र कालो लुगा लगाउँछ, रहस्यमय र खतरनाक देखिन्छ; चार वटा डट् एकैठाउँमा देखियो भने ‘लुसिफर राइजिङ’ हो भन्ने बुझिन्छ।’

लुसिफर शब्द ल्याटिन भाषाबाट आएको हो । क्रिश्चियन धर्मशास्त्रमा आफ्नै अहंकारका कारण पतन भएका बेबिलोनका राजा वा शैतान यसको प्रतीक मानिन्छन् । नेपालीमा यसको अर्थ दुष्टआत्मा, घमण्ड र अन्धकारको प्रतिनिधित्व हो।

सौरभले उल्लेख गरेझैं, बाइबल अनुसार लुसिफर कालो पोशाक लगाउँथे, अपराध र अराजकतामा रमाउँथे, गरिब र दुखीलाई कहिल्यै आश्रय दिँदैनथे। सामाजिक रूपमा अराजक, खतरनाक र रहस्यमय रहने यी विशेषताहरू बालेनको व्यवहारसँग मिल्दोजुल्दो देखिन्छ।

बिरलै रुपमा सार्वजनिक सभा तथा कार्यक्रममा सहभागी हुने सधैं कालो पोशाक र कालो चस्मामा देखिन्छन् । सामाजिक सञ्जालमा अराजक र अमर्यादित अभिव्यक्ति दिनु, गरिब र सामान्य नागरिकलाई आफ्नो डोजर आतंकले प्रभावित बनाउनु र नेपथ्यबाट विभिन्न खेलको डिजाइन गर्नु जस्ता विशेषताहरूले उनलाई ‘लुसिफर’को उपमा दिन प्रेरित गरेको हो ।

यसरी ‘लुसिफर’का विशेषताहरू बालेनसँग मेल खाएपछि लेखक सौरभले पनि ‘लुसिफर राइजिङ’ भनेका हुन्। उनको विश्लेषणपछि सामाजिक सञ्जालमा बालेनलाई बहिष्कार गर्ने अभियान थालिएको देखिन्छ ।

Reposted from: Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button