देश जल्याे, विश्वास जल्याे: कसले बचाउला नेपाल?

# मदन रेग्मी, चीन अध्ययन केन्द्रका अध्यक्ष

Zen-G को नाममा धेरैको ज्यान गयो। देश त मरणासन्न बन्यो। कस्ले बचाउने हो? चीनले बचाउला? भन्ने एउटा पोष्ट मैले गरेको थिए। त्यो पोष्ट पढनेहरु धेरैले देश त आफैंले बचाउने वनाउने हो भने खुसी लाग्यो। केहिले भने देश चीनलाई दिन लाग्यो भने। चीनलाई ब्यापारी स्वार्थी लेखेको पनि पढे। कतिले त गाली पनि गरे। अव म उनिहरुलाई जवाफ दिन्छु।

जवाफ; टिप्पणी गर्नेहरुले आफ्नो देश आफैंले बनाउने हो भनी लेख्नुभयो। यो विचार प्रसंसनिय छ। सवैले आफ्नो देशको रक्षा आफैंले गर्ने हो। मेरो त्यसमा असहमति छैन। मेरो कुरामा मलाई अभद्र आलोचना गरेको बारे पनि केही भन्नु छैन। हामीले देश वनाएको र बचाएको कारणले होला हामी हाम्रै देशमा अल्पमतमा पुग्दैछौ।

पञ्चायती ब्यवस्था देखि गणतन्त्र सम्मको मुल्यांकन गर्ने हो भने देश गैसक्यो करोडौं नागरिकता विदेशीले पाईसके। झण्डै एक लाख किमि भुमि हाम्रो गैसक्यो। दक्षिणतिरको सिमाना खुला राखेर करोडौं विदेशीलाई काम दिने र देशभित्रका युवाहरुलाई खाडी पठाउने हाम्रो सामर्थ्य त्यतिमात्रै हो त?।

गत महिनाको मात्रै कुरा हो। जेन जीको आन्दोलनको नाममा नेपालका ऐतिहासिक महत्त्व र राष्ट्रका प्रमुख शासकिय अंगहरुका भवनहरु देशभर नै जले। कुन चाहि देशभक्तले त्यसलाई रोक्न सक्यो? होटलहरु जलेर २०/२५ लाख काम गर्नेहरुको कामधाम लुटियो। नेपाल उजाड भयो। वास्तवमा भन्ने हो भने देश मरणासन्न भयो, हाम्रा देशभरक्तहरुले के गर्न सके? तमासा हेर्ने वाहेक। राष्ट्रिय सुरक्षाका अंगहरुले मुक दर्शक भऐर वसे, हामीले त देश जलेको हेर्न मात्रै जानेका छाैं।

देश जलाउनेको लिष्ट दुई दिन अघिनै देश जलाउनेहरुले पाए। नेपालीले अरुको लागि लडेर आफ्नो लागि लडन विस्याैं। अरुको लागि लडेर पाचौं लाखले ज्यान गुमाए। वेईमान वेलायतले पाचौं लाख नेपालीको मुत्युको फाइदा लियो। दक्षिण एसिया छोडदा पनि हामी माथि वेईमान गर्यो। हामीले भाडाको मान्छे भनेर उपाधि पनि पायौं। हाम्रो देश सुन्दर शान्त विशाल भन्दाभन्दै हाम्रा सन्तानहरुले देश छोडेर भागे। लाखौं नेपाली युवाहरु देशमा बस्न नसकेर परदेश लागे। हजारौं छ‍ोरीहरु विदेशी बेस्यालयमा पुगे या परदेशका मालिकहरु र उनका साथीहरूको य‍ौन तृप्त पुरा गर्ने साधन वनाए।

हामी कहाँ अनेकौं मन्दिरहरु छन। अरबौ खर्च गर्ने भक्तहरु छन्। सगरमाथा र लुम्बिनी पनि छ, तर हामीहरु रित्तिदै छौ। विदेशीले स्वदेशीको ठाउँ लिदै छन। कुनै एउटा छिमेकीलाई नदि नाला सवै वेचिसक्यौ। भएको उद्योग पनि वेचिसक्यौ। सयौं वर्ष देखि देश निहुरिएका छौ। हामीले मान शान स्वतन्त्रता हराएका छौ। विदेशी सेनामा गएर नचिनेकोलाई मार्ने र मारिने संस्कार वनाए। भ्रष्टाचारीहरुले ठुलो ठूलो महल वनाए। गरिवहरुले वासस्थान पनि पाएनन्।

धनिहरुले धर्मको नाममा गरिवहरुको पेटमा लात हान्दै आए। सुनका मन्दिरहरु वनाए। गरिवहरुले ओत लाग्ने ठाउ पाएनन्। पेटभरि खाएर सुत्न पनि पाएनन्। देश त नेपाली विनाको हुन धेरै दिन छैन। देश जलेको हेर्दा , देशवासीहरु परदेशी भएको देख्दा रमाएर आफ्नो कालो कर्तुतवाट कमाएको सम्पन्नता र उनिहरुको मुखको देशभक्तिले गर्दा देश पराधिन हुँदै गैरहेको छ। ठगहरु अरवपति छन्। देशको लागि भनेर जनताको रगत र पसिनामा पालिएका सुरक्षा अंगहरुले आफ्नो कर्तव्यलाई सम्झेनन् विदेशीसँग सोध्छन र उनिहरुकै आज्ञा पालन गर्छन्।

राजनीति भ्रष्ट छ। शासन पनि त्यस्तै छ। भारतलाई चुनौती दिनेको त ठाउँ नै छैन। भागेर ज्यान जोगाउनु पर्छ। चीन छिमेकी पनि होइन, नेपालको लागि उसको कुनै उत्तरदायित्व नै छैन भन्नेहरु र नेपाललाई भारतीय अंग वनाएपनि हुन्छ भन्छन्। चीनले नेपाललाई धेरै पटक वचाउ गर्यो, धेरै दियो। लडन हतियार पनि दियो र एउटै कुरा याद गर्न सकेनन्, हाम्रो खुला सिमाना उनिहरुको लागि पनि खतरा हो। उनिहरुको सुरक्षाको लागि हामीले सकि नसकि धेरै सहयोग गर्यौ। अव मरासन्न नेपालको सुरक्षा दिने र स्वतन्त्रता सार्वभौमसत्ता र प्रादेशिक अखण्डता आवश्यक पर्दा जाेगाउने काम चीनको पनि हो।

1792 को चीन -नेपाल सन्धिको धारा ४ ले नेपालक‍ो सार्वभौमसत्ता खतरामा पर्दा चीन आउनै पर्ने ब्यवस्था छ। यहि सन्धिको आधारमा अक्टोबर 5, 1962 चीनका विदेश मन्त्री मार्शल चेन यीले यहि मर्मक‍‍ो वक्तव्य दिनु भएको थियोे। त्यसैले चीन नेपालबाट पन्छिन पाउने छैन। यहाँका स्वार्थिहरुको निहित स्वार्थ वोकेकाहरुको आरोपबाट चिढिएर बस्न मिल्दैन। हामीले उसलाई फकाएर राख्नुपर्छ। अमेरिकाको दाँजोमा पुगेको चीनको नेतालाई अमेरिकी राष्ट्रपति चिनियाँ राष्ट्रपतिसँग कानेखुसी गर्दै मोटरसम्म पुर्याउन पुगे र चीनलाई मित्र बनाउन कुनै कसर बाँकी राखेनन्।

मलाई एउटा कुरा याद आयो म चीन जाँदा एउटा जिम्मेवार ब्याक्तिलाई भनेको थिए, तिमिहरु नेपाललाई वास्तै गर्दैनौं भन्दा उसले भन्याे” तिमिहरु कहाँ किमईल सुङ्ग छैन” अनि मैले सम्झिए किम ईल सुङ्गले वोलाएर चीन अमेरिका विरुद्ध कोरियन वारमा लडेका थिए। माओको छोराले पनि त्यहि युद्वमा ज्यान गुमाए। कोरिया बचाउन चीनले पाँच लाख सेना पठाएको थियो र कोरिया बचेको थियोे। लाखौं चिनियाँहरुले कोरियन युद्वमा ज्यान गुमाए। हामीकहाँ कुनै मान्छे जन्मिएन। हामी त भेडाहरु हौ। कस्तो अचम्म ! करोडौंको भिड छ, एउटा पनि जिउँदो मान्छे छैन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button