बाँकेको खजुरामा राइजिङ स्टार कप सम्पन्न, आयोजक टिमै विजेता

खजुरा, बाँके। खजुरा गाउँपालिका वडा नं. ४ ई. गाउँमा आयोजना गरिएको प्रथम राइजिङ स्टार कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टिम राइजिङ स्टारले उपाधि हात पारेको छ भने न्यू डाँफे स्पोर्ट्स क्लब डि गाउँ उप-विजेता बनेको छ।

न्यू डाँफेले पहिलो हाफमा एक गोल गर्दै अग्रता लिएको थियो। तर दोस्रो हाफमा आयोजक राइजिङ स्टारले पनि एक गोल गर्दै खेललाई बराबरीमा ल्यायो। निर्धारित समयमा दुवै टिमले अर्को गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुग्यो। पेनाल्टी सुटआउटमा राइजिङ स्टारले ५ गोल गर्दै जित हात पार्यो भने न्यू डाँफेले ४ गोल मात्र हान्न सक्यो।

प्रतियोगिताको विजेतालाई ३३,३३३ रुपैयाँ र उप-विजेतालाई २२,२२२ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। दुवै टिमले मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button