संसारकै अग्लो स्थान तिलिचो तालछेउ रेस्लिङ खेलेर गिनिज बुकमा नाम

नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) ले रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकोमा यसपटक संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालछेउ रेस्लिङ महाभिडन्त गरेकी छन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा बुधबार आयोजित महाभिडन्तमा युनिकासँगै अस्मिता सुनार (जुरेली) र अमेरिकी खेलाडी क्यामिल कोलेटी लिगोन (होलिडेड) भिडेका थिए । मनाङको नेस्याङ गाउँपालिका ९ मा पर्ने तिलिचो तालछेउमै रिङ बनाइएको थियो । रिङमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

भिडन्तमा युनिका र जुरेलीले जित सुनिश्चित गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भए । खेलमा रेफ्रीको भूमिका सिन्धुपाल्चोक टाइगर उपनामले चिनिने कृष्ण मगरले निर्वाह गरेका थिए । दोस्रो खेलमा नेपाली खेलाडी सिन्धुपाल्चोक टाइगर कृष्णबहादुर मगर र लोकु सिङबीच भएको थियो, जसमा सिन्धुपाल्चोक टाइगर विजयी भएको अनलाइनखबरले जनाएको छ।
नेपाली पहिलो महिला रेस्लर भगवतीले यसअघि विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेको कीर्तिमान बनाउन पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ खेलेकी थिइन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा १६ जेठ २०८१ मा कालापत्थरमा मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । सो खेलमा भगवतीसँग अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) भिडेकी थिइन्, जहाँ भगवती विजयी भएकी थिइन् ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button